कालिकोटमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
खाँडाचक्र नगरपालिका–१० गोलुवाबाट बिहान साढे ८ बजेतिर सुर्खेत जाँदै गरेको क.प्र.०२००१ ख ०९७६ नम्बरको गाडी झन्डै १०० मिटर तल गडमले खोलामा खसेको हो।
प्रहरी निरीक्षक गोविन्द चौधरीका अनुसार जिपमा कुल सात जना सवार थिए। सहचालक र अर्का एक जनाले हाम फालेर ज्यान जोगाएका थिए।
घाइतेलाई जिल्ला अस्पताल कालिकोटमा पुर्याइएको प्रहरी निरीक्षक चौधरीले बताए।