उच्च अदालतमा न्याय परिषदका सचिव यमबहादुर बुढामगर र सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्युत कुइँकेल पनि न्यायाधीशमा सिफारिस भएका छन्।
बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो।
त्यसमा पहिलो नम्बरमा सचिव बुढामगरको नाम सिफारिस भएको हो। उनलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा पदस्थापन हुने भएको छ।
त्यस्तै, सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिष्ट्रार कुइँकेल पनि न्यायाधीशमा सिफारिस भएका हुन्।
उनलाई उच्च अदालत पाटनमा न्यायाधीशको रूपमा सिफारिस गरिएको हो।
कर्मचारीतर्फबाट उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारीलाई उच्च अदालत दिपायलमा सिफारिस गरिएको थियो।
कानून, न्याय तथा संसदीय मालिमा मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीलाई पनि सिफारिस गरेको थियो।
सरकारी वकिलतर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता शंकर खत्रीलाई सिफारिस गरेको हो।
उनलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पदस्थापन गरिने भएको हो।