सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेललाई भारत पुर्याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।
कुमार भन्ने राजकुमार नेपाली, राकेश नेपाली र अर्का एक जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनीहरूलाई बुधबार र बिहीबार विभिन्न ठाउँबाट पक्राउ गरेर ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोको एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। त्यसमध्ये तीन जनालाई म्याद थप गर्नका लागि आज जिल्ला अदालत लगिएको छ।
'एक जनालाई भने थप सोधपुछ गर्न बाँकी रहेकाले आज म्याद थप गरिएको छैन,' उनले भने।
अहिलेसम्म यस घटनामा ४ जना पक्राउ परेका छन्। आज बिहानमात्र नुवाकोटका समीर परियार पक्राउ परेका थिए।
सिन्धुलीको दुधौली नगरपालिका-१ का भुजेललाई काठमाडौंबाट होटलमा जागिर लगाइदिन्छु भन्दै भारत पुर्याएर मिर्गौला बेचेर स्वदेश फर्काइदिएको थिए।
समीर र कुमारले नै खिलबहादुरलाई भारतबाट जिम्मा लिएर नयाँबसपार्कसम्म ल्याएको प्रहरी अनुसन्धानमा खुलेको छ।
यो पनि: होटलमा काम गर्न भनेर भारत लगे, ६ लाख दिन्छु भन्दै निकाले मिर्गौला