लोडसेडिङको झल्को दिने गरी विद्युत कटौतीको तालिका प्रकाशन गर्ने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुखको सरुवा भएको छ।
केन्द्रका प्रमुख रामकुमार श्रेष्ठले गत साउन १० गते विद्युत आपूर्ति कटौती गर्ने एक दिने सूचना निकालेका थिए।
उक्त सूचनालाई लोडसेडिङ पुनः सुरु भएको भनेर प्रचार गरिएको थियो। श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो।
प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड(ग) बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ।
चितवनको माडी, पश्चिम तथा पूर्वी चितवनमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भएको प्राधिकरणले जनाएको छ।