काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ छहारी क्लब नजिकै कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको छ।
सोमबार बिहान अन्दाजी ६ बजे बा १९ च ७७२४ नम्बरको कार अनियन्त्रित भएर सडक छेउमा बिजुलीको पोलमा ठोक्किएको हो।
स्थानीयका अनुसार पोलमा ठोक्किनुअघि उक्त कारले सडक पेटीमा हिँडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो।
कारको ठक्करबाट ती वृद्ध गम्भीर घाइते छन्।
उनलाई उपचारका लागि अत्तरखेलस्थित मेडिकल कलेज लगिएको छ।
उक्त गाडीको टायर पञ्चर भएपछि अनियन्त्रित भएको भनिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले घटनाबारे बुझ्ने काम भइरहेको जानकारी दिए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले पनि घटनाबारे बुझ्ने काम भइरहेको बताए।
तस्बिरहरूः
-ink-1754271430.jpeg)
-ink-1754271429.jpeg)
-ink-1754271429.jpeg)
-ink-1754271429.jpeg)