ललितपुरमा एक जना महिलाको हत्या भएको छ।
गोदावरी नगरपालिका-१४ ठचोमा एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
श्रीमती कमलामाया खड्गीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान निरोजलाई पक्राउ गरेको छ।
उनीहरूको घर चन्द्रागिरि नगरपालिका हो तर केही समयदेखि एउटा टहरा भाडामा लिएर ठचोमा बस्दै आएका थिए।
शनिबार बेलुकीदेखि दुवै जनाले मदिरा सेवन गरेको र पछि विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरीलाई भने बिहान ४ बजेतिर खबर भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा निरोजले कुटपिट तथा घाँटी थिचेर हत्या गरेको आरोप छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।