सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान ११:२५ विष्णुपुर गाउँपालिका-१ बडिबिरपुरबाट दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्।
उनीहरूलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो।
ब्युरोसँगै स्थानीय प्रहरी पनि खटिएको थियो।