अछाममा बाघको आक्रमण बाट एक जना घाइते भएका छन्।
जिल्लाको ढकारी गाउँपालिका – ४ भिमड घर भइ हाल कैलाली मोहन्याल गाउँपालिका – १ फलीबिसौना बस्दै आएका ४८ बर्षीया धर्मसिंह थापा घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार शनिबार उनी ढकारी-४ कैलासस्थित ससुराली गएका थिए।
सोही क्रममा सोही वडाको भिमडमा रहेको आफ्नो पुर्ख्यौली घर हेर्न गएका थिए। बसन्त सामुदायिक वनको बोकेखोलामा बाघसँग उनको जम्काभेट भएको थियो।
उक्त बाघको आक्रमणमा परी भण्डारी घाइते भएका हुन्।
थापाको बायाँ हात, घाँटी र अनुहारमा बाघको आक्रमणबाट घाउखतहरु रहेको डिएसपी भण्डारीले जानकारी दिए।
राति ९ बजे मात्रै थापका ससुरा प्रेमबहादुर राउतले बाघले आफ्नो ज्वाइँलाई आक्रमण गरेको बारे प्रहरीलाई खबर गरेका थिए। घाइते थापाको अवस्था मध्यम रहेको डिएसपी भण्डारीले जानकारी दिए।
थापाको उपचारका जिल्ला अस्पताल मंगलसेनमा भइ रहेको छ।