सहकारीको बचत रकम हिनामिना गरी फरार रहेका भैरहवाका अशोक केसी तीन महिना पछि पक्राउ परेका छन्।
केसी सिद्धार्थनगर नगरपालिका-५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थिए।
केसीले सहकारी संस्थाका बचतकर्ताहरूको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको आरोप छ।
उनी गत वैशाख २० गतेदेखि फरार रहेका थिए।
प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले केसीलाई बुधबार रूपन्देही जिल्ला अदालतमा पेस गरिएको जानकारी दिए।