काठमाडौंमा एक जना भारतीय नागरिकको हत्या भएको छ।
बुधबार बिहान २:४५ बजे काठमाडौं-२५ न्ह्योखास्थित ५४ वर्षीय सुव्रता पालको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार मृतक भारतको पश्चिम बंगालका हुन्। पालको टाउकोमा हम्मरले हिर्काएर हत्या गरिएको थियो।
हत्या आरोपमा प्रहरीले नुवाकोट ककनी घर भई काठमाडौं गल्कुपाखा बस्ने ४२ वर्षीय श्याम कालिकोटेलाई पक्राउ गरेको छ।
उनलाई प्रहरीले नयाँ बसपार्कस्थित एक होटलको कोठा नम्बर १०४ बाट पक्राउ गरेको हो।