दाङमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ।
राजपुर गाउँपालिका–३, खरदरीयास्थित शंकर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ५५ वर्षीय शालिकराम यादवको सर्पदंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बलमेले सेतोपाटीलाई बताए।
पूर्व प्रअ यादवलाई खरदरीयास्थित आफ्नै घरको आँगनमा आज बिहान ८ बजेतिर योग गर्ने क्रममा विषालु सर्पले डसेको थियो।
उनलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारका क्रममा बिहान साढे ६ बजेतिर उनको प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।