रूपन्देही जिल्लामा पर्ने सुनौली नाका नेपाल र भारतलाई जोड्ने एक नाका हो।
दुई देशबीचको आर्थिक र सामाजिक सम्बन्धमा यो नाकाको महत्त्वपूर्ण भूमिका रहेको छ।
यो नाका नेपालबाट भारत र भारतबाट नेपालमा आवतजावत गर्ने लुम्बिनी प्रदेशकै मुख्य केन्द्र हो।
यसले दुई देशबीचको व्यापारलाई सहज बनाएको छ भने यहाँबाट ठूलो मात्रामा सामान आयात निर्यात हुन्छ। यही कारणले गर्दा यो एक व्यस्त नाकाको रूपमा पनि परिचित रहेको छ।
यहाँ व्यापारिक गतिविधिबाहेक, सीमा वारपार गर्ने सर्वसाधारणको संख्या उल्लेखनीय हुने गरेको छ।
नेपालका मानिसहरू भारततर्फको सुनौली बजारमा किनमेल गर्न जाने गर्छन् भने भारतीय नागरिकहरू पनि भैरहवाका विभिन्न ठाउँमा घुम्न र किनमेल गर्न नेपाल आउँछन्।
सीमा सुरक्षाका लागि भारततर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ छन् भने नेपालतर्फ नेपाल प्रहरीले जाँच गर्ने गर्छ। सीमा क्षेत्रमा किनमेलका लागि दुवै देशका नागरिकलाई आफ्नो परिचयपत्र भए पुग्छ।
सुनौली नाकामा देखिएका केही गतिविधि तस्विरमा हेरौं:
-1753764623.jpg)
-1753764629.jpg)
-1753764629.jpg)
-1753764629.jpg)
-1753764628.jpg)
-1753764628.jpg)
-1753764627.jpg)
-1753764627.jpg)
-1753764626.jpg)
-1753764627.jpg)
-1753764626.jpg)
-1753764626.jpg)
-1753764625.jpg)
-1753764625.jpg)
-1753764624.jpg)
-1753764623.jpg)