दाङका दुई पालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन्।
राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएका हुन्।
भोलि नागपञ्चमी, थारु समुदायको गुरही पर्व र यादव समुदायले गुडिया पर्व मनाउने तयारी गरेका छन्।
सोही अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको दुई पालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।