साउनको सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भिड लाग्छ।
आज साउनको दोस्रो सोमबार।
काठामाडौं उपत्यका लगायत देशभरिका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।
भक्तपुरको डोलेश्वरमा पनि बिहानैदेखि भक्तजनको भिड छ।
काठमाडौं उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ।
पानी परिरहँदा श्रद्धालुहरू छाता ओडेर डोलेश्वरमा दर्शनका लागि पुगेका छन्।
डोलेश्वर केदारनाथको शीर मानिन्छ।
साउनदेखि भदौसम्म हुने श्रावणी मेलामा बर्सेनि लाखौं श्रद्धालुहरूले डोलेश्वरको दर्शन, पुजाआजा र अवलोकन गर्छन्।
तस्बिरमा हेर्नुस् झरिका बाबजुद डोलेश्वरमा श्रद्धालुको भिड —
-ink-1753675304.jpeg)
-ink-1753675304.jpeg)
-ink-1753675305.jpeg)
-ink-1753675305.jpeg)
-ink-1753675306.jpeg)
-ink-1753675306.jpeg)
-ink-1753675307.jpeg)
-ink-1753675307.jpeg)
-ink-1753675308.jpeg)
-ink-1753675308.jpeg)
-ink-1753675310.jpeg)
-ink-1753675310.jpeg)
-ink-1753675311.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।