गुल्मीमा आगलागीबाट एक युवतीको मृत्यु भएको छ।
जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईमा आइतबार बिहान आगलागीमा परी स्थानीय २५ वर्षीया जुना विकको मृत्यु भएको हो।
धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन्।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।
आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ।