सल्यानमा भएको यात्रुवाहक गाडी दुर्घटनाका घाइतेमध्ये एक जनाको उपचार क्रममा मृत्यु भएको छ।
जिल्लाको कुमाख गाउँपालिका – ४ का ७३ वर्षीय कलिभान रानाको उपचारका क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिए।
बिहीबार दिउँसो नेपालगंजबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिम चौरजहारी जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी कुमाख –२ बराइज्युला नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका थिए ।
घाइतेमध्ये १३ जनाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको डिएसपी केसीले बताए ।
गाडी अनियन्त्रित भई सडकदेखि ४५ मिटर तल खसेको थियो । गाडीमा कुल १४ जना जना सवार थिए ।