काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बिहीबार दिउँसो पौने ४ बजे गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल कोलमती मार्गको भित्री सडकमा दुर्घटना भएको हो।
सडकतर्फ ब्याक गर्ने क्रममा बा ३ ख ४३४५ नम्बरको ट्रकले बालिकालाई लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।
गोकर्णेश्वर-२ बस्ने २३ वर्षीया फुर्बु लामा शेर्पा घर अगाडि खेलिरहेको अवस्थामा ट्रकले लागेको एसपी गिरीले बताए।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भक्तपुर कमलविनायक बस्ने ३६ वर्षीय हरिबहादुर श्रेष्ठ छन्।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।