सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्।
सोमबार टोखा क्षेत्रबाट अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।
अग्रवालविरूद्ध ठगी तथा आपराधिक विश्वासघात कसुरमा जाहेरी परेको थियो।
उनी सेयर लगानीकर्ता हुन्।
बेलाबेला उनी विवादमा आउने गरेका छन्।
यसअघि उनी गोल्डम्यान इन्भेष्टमेन्टको नाममा लगानीकर्ताहरुलाई ठगी गरेको आरोपमा अनुसन्धानमा तानिएका थिए।
उनी क्लब हाउस लगायतका सामाजिक सञ्जाल मार्फत् निश्चित कम्पनीको सेयर किनबेच गर्न प्रोत्साहित गर्थे। यसअघि पनि आफुले बेचेको सेयर आफै किनबेच गर्ने गरेको समेत उनलाई आरोप लागेको थियो।