काठमाडौंमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।
तारकेश्वर नगरपालिका-८ फुटुङ टुसाल चौरमा एक जना महिला झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
उनी धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भई काठमाडौंको शेषमती सानोपुल बस्ने २६ वर्षीया तिलमाया तामाङ हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उनका श्रीमान कासीराम र दिदी केशरीमायाले सनाखत गरेका छन्।
प्रहरीलाई उनीहरूले दिएको जानकारी अनुसार तिलमाया डिप्रेसनकी बिरामी थिइन्। श्रीमानश्रीमतीबीच लामो समयदेखि सम्बन्ध समेत बिग्रिएको प्रहरीले बताएको छ।
आइतबार बिहान १० बजेतिर तिलमाया कोठाबाट निस्केकी थिइन्।
फोन गर्दा पनि लोकेसन नबताएको, कुरा समेत नगरेको प्रहरीसमक्ष श्रीमानले बताएका छन्।
सोमबार बिहान ५:५० बजे टुसाल चौरमा रहेको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
प्रहरीले घटनाको मुचुल्का गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।