साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना गर्छन्।
शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ।
गेरुवा वस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन्। नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवा वस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो। काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ।
बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ।
तस्बिरमा हेर्नुस् सोमबार सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरु-















तस्बिर : नेपाल फोटो लाइब्रेरी।