काठमाडौंमा मोटरसाइकल चोरी गरेको आरोपमा ट्राफिक प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तारकेश्वर नगरपालिका-६ सनफ्लावर चोकबाट आइतबार एक जनालाई चोरी आरोपमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट घर भई गुहेश्वरी बस्ने ३७ वर्षीय प्रकाश लामा छन्।
कार्यालयका एसपी दीपक गिरीका अनुसार उनीमाथि गोकर्णेश्वर नगरपालिका-९ आरूबारीबाट बा प्र ०२ ०५५ प ४३९६ नम्बरको मोटरसाइकल चोरी गरेको आरोप छ।
उक्त मोटरसाइकल गत चैत २० गते चोरी भएको थियो।
चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट फेरेको अवस्थामा भेटिएको एसपी गिरीले बताए।
अहिले फेला परेको मोटरसाइकलमा बागमती प्रदेश ०२ ०३७ प ४८९४ नम्बर राखिएको फेला परेको हो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा बुझाएको छ।