मोरङमा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
सुन्दरहरौँचा नगरपालिका-७ नयाँबस्ती बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठ पक्राउ परेका हुन्।
उनलाई प्रहरी चौकी गछियाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
उनले १३ वर्षीया बालिकामाथि बालत्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।