साउनेमास प्राकृतिक रूपमै हरियाली महिना हो। झमझम झरी परिरहने हुँदा पर्यावरणमा हराभरा छाउँछ।
त्यही भएर हुनुपर्छ हिन्दु परम्पराअनुसार साउन मासमा महिलाहरूले पनि हरियो चुरा, पोते लगाउँछन्। अहिले त महिलाहरू हातपाउमा मेहन्दी पनि लगाउने गर्छन्।
यस अर्थमा साउन सौन्दर्यको महिना पनि हो।
विवाहित महिलाले साउनमा हरियो चुरा र हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने विश्वास छ। अविवाहित महिलाले लगाए चिताएको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ।
त्यसैले साउन लागेसँगै बजारमा हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउनेको घुइँचो देख्न सकिन्छ। काठमाडौंको असन, इन्द्रचोकका चुरा–पोते पसलमा अहिल ग्राहकको भीड लागेसँगै साउनको रौनक देख्न सकिन्छ।
तस्बिरहरू
-1752734163.jpg)
-1752734167.jpg)
-1752734167.jpg)
-1752734167.jpg)
-1752734166.jpg)
-1752734166.jpg)
-1752734165.jpg)
-1752734165.jpg)
-1752734165.jpg)
-1752734165.jpg)
-1752734164.jpg)
-1752734164.jpg)

-1752734167.jpg)