रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे नियुक्त भएका छन्।
क्लबको छैटौं पदस्थापना कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का लागि अध्यक्ष नियुक्त भएका घिमिरेलाई निवर्तमान अध्यक्ष राकेशराम श्रेष्ठले कार्यभार हस्तान्तरण गराएका हुन् ।
घिमिरेले गत वर्षहरूदेखि हुँदै आएका क्लबका सामाजिक कामहरूको निरन्तरता दिँदै यस वर्ष ग्रामीण भेगका किसानलाई प्रोत्साहित गर्दै व्यावसायिक कफी खेतीमा सहयोग गर्ने योजना रहेको बताएका छन्।
ब्लाक डाइमन्डका रूपमा परिचित कफीको उत्पादन बढाइ ग्रामीण किसानको अर्थोपार्जनमा सघाउन कफी खेती प्रवर्द्धनको योजना ल्याइएको घिमिरेले बताए।
घिमिरे नेतृत्वको कार्यसमितिमा निवर्तमान अध्यक्ष एवं सर्जेन्ट एट आर्म्समा राकेशराम श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट रमन श्रेष्ठ, उपाध्यक्ष उमेश पाण्डे, सचिव कृष्ण कुँवर, कोषाध्यक्ष प्रबिना अमात्य, क्लब लनिङ फ्यासिलिटेटर बिजय शर्मा, एड्मिन डिरेक्टर अप्सरा तिमिल्सिना, सर्भिस कमिटीमा डिरेक्टर उपासना शर्मासहित दिपेस रेग्मी र प्रविन अधिकारी रहेका छन्।
त्यस्तै टिआरएफ डिरेक्टर रितु वाग्ले, इन्टरनेशनल कमिटीमा डिरेक्टर अनिसा जोशीसहित उत्सव सिंह अधिकारी, कृष्मा जोशी र प्रवेशलाल जोशी, पब्लिक इमेज कमिटीमा बासु महर्जन र अजय अर्याल, मेम्बरसिप कमिटीमा डिरेक्टर सुनैना श्रेष्ठसहित प्रबिन महर्जन, प्रेसिडेन्ट एड्भाइजरमा सागर लोहनी र सुवर्ण थापा रहेका छन्।
क्लबका संस्थापक अध्यक्ष बिजय शर्माले क्लबका गतिविधिमा रोटरी डिस्ट्रिकको निरन्तर साथ र समर्थनप्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमम रोटरी डिस्ट्रिक २३९२ नेपाल भुटानका पूर्वगभर्नरहरू योगेन्द्रमान प्रधान, चिन्तामणि भट्टराई, निवर्तमान गभर्नर राजेन्द्रमान सेरचन, गभर्नर नोमिनी आइ पि ढकाल, अग्रज रोटेरियन के बि क्षेत्री, भुवनकुमार श्रेष्ठ, दिनेश मानन्धर, विष्णुहरि दाहाल, राजेन्द्र श्रेष्ठ, लाक्फुटी सेर्पा, लक्ष्मी खनाल, अमित गिरी बिनिता हाडा, सुमिरा श्रेष्ठ, अनिल थपलिया लगायतको उपस्थित थियो।