मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बेलबारी नगरपालिका– ८ की ४५ वर्षीया अमिना राजवंशीको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो।
आइतबार दिउँसो तीन बजेको समयमा घर नजिकै रहेको खेतमा पानी लगाउन गएकी राजवंशी जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको थियो।
न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।