चितवनको बुढीराप्ती खोलाले बगाएर एक बालकको मृत्यु भएको छ।
रत्ननगरको माधवपुरका अनमोल लम्साललाई बिहीबार दिउँसो पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो।
खोजी गर्ने क्रममा शुक्रबार बिहान रत्ननगर–७ स्थित पडरिया पुल नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
डिएसपी खनालकाअनुसार १५ वर्षीय अनमोल र माधवपुरकै १६ वर्षीय सफल आचार्य पौडी खेल्न बुढीराप्ती पुगेका थिए। पौडी खेल्दैगर्दा चप्पल बगाएपछि समात्न खोज्दा अनमोललाई खोलाले बगाएको थियो।
बगाएको स्थानदेखि करिब २ किलोमिटर पर शव भेटिएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, रत्ननगर नगरपालिकाका नगर प्रहरीका साथै दुईवटा हात्ती र डुङ्गामार्फत उनको खोजी गरिएको थियो।