दाङमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका-१५ बिपी चोकमा बस्ने १९ वर्षीय अजय बिक पक्राउ परेका हुन्। उनको स्थायी घर सल्यान कपुरकोट गाउँपालिका-३ हो।
उनलाई मंगलबार साँझ साढे ६ बजे वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी निरीक्षक सुरज सिंहको टोलीले पक्राउ गरेको हो।
उनको पछाडि भिर्ने र्याग्जिनको झोलामा लुकाइराखेको अवस्थामा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
उनका अनुसार उक्त पेस्तोलमा लाग्ने गोली ४ थान र ७ राउन्ड क्षमता भएको म्याग्जिन १ थानसमेत बरामद गरिएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।