रसुवामा उद्धारका लागि खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दार विशाल थापा घाइते भएका छन्।
बुधबार दिउँसो उद्धारको काममा खटिएका थापा गोसाइँकुण्ड गाउँपालिका-३ मा हिँड्ने क्रममा भीरबाट १० मिटर तल खसेर घाइते भएका हुन्।
उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार विशाललाई उपचारका लागि टिमुरे स्वास्थ्यचौकी लैजाने तयारी छ। त्यहाँ पुग्नका लागि बाटो अप्ठारो भएकाले हेलिकप्टरबाट लैजाने तयारी भइरहेको छ।