उदयपुरस्थित त्रियुगा नदीमा डुबेर बेपत्ता बनेका एक युवकको शव मंगलबार बिहान फेला परेको छ। उनी सोमबार साँझदेखि बेपत्ता थिए।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको भत्किएको पुलको स्ल्याब मुनि डुबेर वेपत्ता सुरज राई मृत फेला परेका हुन्।
सशस्त्र प्रहरीको गोताखोर परिचालन गरेर पुल मूनिबाट उनको शव निकालेको उदयपुर प्रहरीले जानकारी दिएको छ।
पुलमूनि बनेको दहमा पौडी खेल्दै माछा मार्ने क्रममा चौदण्डीगढी नगरपालिका–६ का करीब ३० वर्षीय राई सोमबार साँझ पौने ७ बजेतिर बेपत्ता भएका थिए।
घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले खोजी सुरु गरे पनि रात परेकोले सम्भव नभएपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाएर मंगलबार शव निकालिएको हो।
गर्मी भएका कारण भत्किएको पुल मूनि सुरजसहित प्रताप राई र सुरेश माझी पौडी खेल्दै माछा मार्नका लागि गएको प्रहरीले जनाएको छ। सोही क्रममा सुरज भने डुबेका थिए।