मोरङमा अंश विवादमा देवरले भाउजूको हत्या गरेका छन्।
रतुवामाई नगरपालिका वडा-६ का ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या आरोपमा देवर ६९ को टंकबहादुर बस्नेत पक्राउ परेका छन्।
उनलाई सोमबार इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
शनिवार अपरान्ह्र ४ बजेको टिकामाया आफ्नै बारीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुडालले जानकारी दिए।
उनका अनुसार अनुसन्धानको क्रममा टाउकाको पछाडि घुच्चुकको दायाँपट्टिको भित्री भागमा चोट लागेर मृत्यु खुलेको छ।
'दाजुभाइबीच अंश सम्बन्धी मुद्दा विवाद भइ उच्च अदालतबाट फैसलासमेत भइसकेको रहेछ। सोही विषयलाई आपसी झै-झैगडा तथा रिसिवीको कारणले हत्या गरेको खुलेको छ,' डिएसपी चुडालले भने।
उनीविरूद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।