अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म चार लेनको सडक निर्माणाधीन छ। दुई खण्डमा विभाजन गरेर धमाधम सडक निर्माण भइरहेको छ।
तथापि यसको गति भने सुस्त छ। २०७९ पुस २४ गते सुरू गरिएको यस आयोजनामा हालसम्म ४७ प्रतिशत मात्र भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ।
सडक विस्तार चलिरहेको र बर्खामास पनि भएकाले बाटो हिलाम्य हुने गरेको छ।
गत वर्षामा सवारी साधनहरू हिलोमा फसेकाले आवतजावतमै समस्या भएको थियो। यसपटक धेरै खण्डमा सब बेस, बेस बिछ्याएकाले समस्या नहुने आयोजनाले बताएको छ। धुलिखेल नजिकैको भागमा त कालोपत्रसमेत गरिसकिएको छ।
कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ।
सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रूपैयाँ छ।
सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किमी छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख सम्झौता भएको हो।
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार भइरहेको हो। उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको थियो।
अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरका तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ। यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यसको अनुमानित लागत ९० करोड रूपैयाँ छ।
साँगामा डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि गरी बनाइँदैछ।
उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ।
आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्ने विश्वास लिइएको छ।
संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ। यी सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिक काठमाडौं आउजाउ गर्दछन्।
तस्बिरहरू:
-1751875308.jpg)
-1751875306.jpg)
-1751875305.jpg)
-1751875303.jpg)
-1751875304.jpg)
-1751875304.jpg)
-1751875305.jpg)
-1751875306.jpg)
-1751875301.jpg)
-1751875302.jpg)
-1751875302.jpg)
-1751875300.jpg)
-1751875297.jpg)
-1751875298.jpg)
-1751875298.jpg)
-1751875300.jpg)