काठमाडौंको पेप्सिकोलामा रहेको कौस्तुभ एकेडमीले चार जनालाई सोनु श्रेष्ठ स्मृति छात्रवृत्ति दिएको छ।
२०८१ को एसइई परीक्षामा ४ जिपिए ल्याएका चार जनालाई शनिबार छात्रवृत्तिसहित सम्मान गरिएको हो।
जसमा एन्जल सेन्चुरी, अशिम सापकोटा, सुबोध श्रेष्ठ र सायोङ राई छन्। छात्रवृत्तिको पुरस्कार राशी १५ हजार १ सय ११ रूपैयाँ रहेको छ।
कौस्तुभ एकेडेमीमा अध्ययनरत रहदाको समयमा २०७९ सालमा असामयिक दिवंगत भएकी सोनु श्रेष्ठको स्मृतिमा परिवार तथा विद्यालयको सहकार्यमा सोनु श्रेष्ठ को स्मृतिमा छात्रवृत्ति प्रदान गरिदै आइएको छ।