सुर्खेत बराहाताल गाउँपालिका-४ साजघाट रिङाउस्थित भेरी नदीको किनारामा एक पुरूषको शव फेला परेको छ।
अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले शुक्रबार पौने ४ बजेतिर ३०/३२ वर्षीय पुरूषको शव फेला पारेको हो।
अनुहार पहिचान गर्न गाह्रो भएकाले हुलियाको आधारमा केही व्यक्तिहरूलाई हेर्न बोलाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
'हुलियाको आधारमा बेपत्ता भएको भनेर सूचना दिएका परिवारलाई घटनास्थलमा बोलाइएको छ। तर अहिलेसम्म पहिचान खुलेको छैन,' उनले भने।