पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
पत्रकार पाठकले आजै धरौटी बुझाउने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ।
पत्रकार पाठकले केही समयअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो भने उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएको थियो।
असार १६ गते पाठकविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको थियो।