बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन्।
तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो। त्यसमाथि पानी पसेपछि हिलाम्ये हुने गरेको छ।
काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ।
बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका साथै ग्राहकलाई पनि समस्या भएको छ।
बजार सुक्खा र सफा नहुँदा व्यापार समेत घटेको थोक बिक्रेताहरूले बताएका छन्।
बजारको संरचना व्यवस्थित नहुँदा र नाली प्रणाली कमजोर हुँदा हरेक वर्षायाममा यस्तो समस्या दोहोरिने गरेको व्यापारीहरू बताउँछन्।
गत वर्षको बर्खायाममा पनि बागमतीको बाढी फलफूल बजारमा पसेर बिजोग भएको थियो।
तस्बिरहरू:
-1751524243.jpg)
-1751524239.jpg)
-1751524240.jpg)
-1751524238.jpg)
-1751524234.jpg)
-1751524235.jpg)
-1751524236.jpg)
-1751524238.jpg)
-1751524233.jpg)
-1751524233.jpg)
-1751524232.jpg)
-1751524234.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी