पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल।
पोखरा महानगरपालिका–२६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ।
गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने भएकाले त्यसलाई गुँदे ताल भनिएको हो।
संरक्षणको अभावमा गुँद र ताल दुवै संकटमा परेका छन् ।
ताल वरपर घाँसे मैदान भएकाले यसलाई चराहरूको वासस्थानका रूपमा विकास गराउन उपयुक्त रहेको स्थानीय बताउँछन्।
गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न र जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न उक्त तालमा आउने गर्छन्।
तर, संरक्षण नहुँदा तालमा आउने चराचुरुङ्गीको संख्या घट्न थालेका छन्।
तस्बिरहरूः









तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।