बर्दियामा एउटा नाबालिक माथि भएको बालात्कार मुद्दामा एक युवकलाई १८ वर्षको कैद फैसला भएको छ ।
जिल्ला न्यायाधीश डल्लुराम चौधरीको इजलासले बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएको हो।
अदालतकी सूचना अधिकारी अमृता केसीले १३ वर्ष २ महिना ६ दिनकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा थारुलाई दोषी ठहर गर्दै उक्त सजाय भएको बताइन।
थारुले २०८० फागुन १८ गते नाबालिकमाथि बलात्कार गरेको अभियोग थियो।
पीडितले फागुन २० गते जिल्ला प्रहरी कर्यालय बर्दियामा किटानी जोहरी दिएपछि सोही दिन थारु पक्राउ परेका थिए । यो बीचमा उनी पूर्पक्षका लागि थुनामा पठाइएका थिए।
यो बलात्कार मुद्दामा असार १२ गते अदालतले अन्तिम फैसला सुनाएको थियो ।