अहिले देशभर मनसुनी प्रणाली सक्रिय भएको छ।
यस वर्ष गत वर्षको तुलनामा अधिक वर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुन सक्रिय भएसँगै बाढी पहिरोका घटनाहरू सुन्न थालिएको छ।
यस्ता खबर सञ्चार माध्यमबाट सुन्दा रातमा निदाउन सक्दैनन् ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ६, ढुङ्गे, जुरे डाँडा नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीयहरू।
नल्लु खोलामा गत असोजमा आएको बाढीले ढुङ्गे गाँउलाई बगर बनाएको थियो भने गैरीगाउँ र टुसाल गाउँका केही घरहरू नल्लुसंगै बगेका थिए, तर त्यहाँ स्थानीय सरकारले नै वास्ता गर्यो नत संघीय सरकारकै नजर पर्यो।
केही गैरसरकारी संघहरुले जस्ता र राहत स्वरुप दाल चामल वितरण गरेको भए पनि वडा र नगरपालिकाले केही नगरेको स्थानीयको गुनासो छ।
नीता नगरकोटी जस्ताले बनाएको अस्थायी घरको आँगनबाट ढुङ्गे तिर हेर्दै असोजको बाढी र त्यसले मचाएको वितण्डा सम्झिन्छिन्।
दुईतले घर, पसल थियो सबै बगायो, केही निकाल्न पाइएन, गरी खाने पसल पनि नरहेपछि अहिले उनी सो क्षेत्रमा सञ्चालन गरेको क्रसरमा ढुङ्गा संकलन गर्ने काम गर्छिन्। गैरसरकारी संघले दिएको जस्ताले अर्काकै जग्गामा टाउको राख्न अस्थायी घर बनाएको उनले बताइन। नगरपालिका र वडाले आश मात्र देखाउने तर केही नगर्ने उनले गुनासो पोखिन्।
सो क्षेत्रमा दशकौंदेखि सञ्चालन गरिएको अवैध उत्खनन र क्रसर उद्योग त्यस्तै गरी ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जानका लागि अध्ययन बिना नै जथाभावी खनिएका सडकले नल्लु खोलामा बाढी निम्त्याएको स्थानीयहरू बताउँछन्।
नल्लु खोलाको धार नै परिवर्तन हुने गरी आएको बाढीले ठूली नगरकोटीको घर पनि बाँच्न सकिन। घरबार नै विहिन भए पछि सिखर्पा गाउँ भाँडामा जमिन लिएर अस्थायी घर बनाएकी ठूलीलाई अहिले भाँडा तिर्न पनि मुस्किल भइरहेको छ।
नगरपालिकाले १० वर्षको लागि भाँडा तिर्दिने भनेको भए पनि अहिले त्यसो नगरेको उनले सुनाइन्। श्रीमान गुमाई सकेकी ठूली अहिले क्रसरमै ज्याला मजदुरी गर्छिन्।
नीता नगरकोटी र ठूली नगरकोटी केही प्रतिनिधि पात्र मात्र हुन् सो बाढीले धेरैको घर बगाएको र उठिबास नै लगाएको छ। गैरीगाउँ र टुसालगाउँका केही परिवारहरू विस्थापित नै हुनु परेको छ।
खोलालाई पुरानै धारबाट फर्काउन तारजाली लगाउन माग राखेपनि वडाले सहयोग नगरेको स्थानीयले सुनाए। खोलाको मापदण्ड निर्धारण गर्नु पर्ने र जथाभावी तारजाली लगाउन नमिले वडाको जवाफ पछि स्थानीयहरू अझ चिन्तित भएका छन्। कतिबेला खोलामा बाढी आउने र अलि अलि बाचेको पनि लाने हो कि भनेर निदाउन नसक्ने स्थानीय राजकुमार नगरकोटीले बताए। ढुङ्गेमै भैंसी फर्म सञ्चालन गरेका उनको पनि बाढीले ५ वटा भैंसी बगाएको कुरा सुनाए।
त्यस बाढीले टिकाभैरब क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ भने टीकाभैरव मन्दिर नै जीर्ण बनेको छ। खोलाले धेरैको खेत कटान गरेको छ।
नेपाल सरकार र सरकारका विभिन्न निकायहरूलाई हरेक वर्ष विपत् जन्य घटनाहरू न्यूनीकरण र प्रभावितलाई उचित राहतको घोषणा गरेपनि त्यो बास्तबित पीडित र प्रभावितले नपाउने गुनासो सधैं जसो सुनिने गर्दछ। संघीय राजधानीसँगै जोडिएको सो क्षेत्रमा सरकार नपुग्नु भनेको सो क्षेत्रका बासिन्दाको लागि सरकार नभए सरह हो।
तस्बिरहरूः
-ink-1751162971.jpeg)

-ink-1751162970.jpeg)
-ink-1751162969.jpeg)














सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।