माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।
यो वर्षको एसइई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत् बताएका हुन्। यो पोहोरभन्दा झन्डै १४ प्रतिशत बढी हो। पोहोर ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।
ननग्रेडेड परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५ सय ९७ रहेको छ। ३८.१९ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्।
नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ।
एसइई गत चैतमा भएको थियो।