नेपाल सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्ट नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको संयोजकमा पूर्वसचिव विष्टलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
सदस्यमा रोहितकुमार बिसुराल र थानेश्वर गौतम नियुक्त भएका हुन्।
त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ। उनी पनि पूर्वसचिव नै हुन्।
सहकारी कर्जा असुली न्यायाधीकरणको अध्यक्ष कृतिबहादुर विष्ट नियुक्त भएका छन्।
बैठकले अन्य केही विदेश भ्रमणहरू स्वीकृत गरेको छ।