नेपाली सेनाका उपरथी गौरवकुमार केसीले दर्ज्यानी चिन्ह पाएका छन्।
शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
असार ९ गते उनलाई मन्त्रिपरिषदको बैठकले सहायक रथीबाट उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।
पदोन्नतिसँगै उपरथी केसीलाई पूर्वी पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त समेत गरेको छ। यसअघि उनी नेपाली सेनाका प्रवक्ता समेत थिए।