सामाजिक सञ्जालमा ठगी गर्ने र किप्टोकरेन्सीमा कारोबार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ का १९ वर्षीय समिर तामाङ हुन्। हाल उनी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ मा बसिरहेका थिए।
त्यस्तै अर्का १९ वर्षीय क्रिस पोखरेल गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलका स्थायी बासिन्दा हुन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार माइतीघरबाट पक्राउ गरेको हो।
उनीहरू विरूद्ध सामाजिक सञ्जाल मार्फत २३ लाख १५ हजार रूपैयाँ ठगी गरेको उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए।
उनका अनुसार अनुसन्धान क्रममा १ करोड ३१ लाख ६२ हजार ६७५ रूपैयाँ बराबरको अभौतिक मुद्रा (किप्टोकरेन्सी) कारोबार देखिएको छ।
उनीहरूविरूद्ध जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।