पर्सामा तीन क्विन्टल चरेससहित एक जना पक्राउ परेका छन्।
बुधबार राति साढे ७ बजेतिर वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकबाट तीन क्विन्टल १७ किलो ५०० ग्राम चरेस बरामद गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको टोलीले प्रदेश २-०३-००१ ख ६३४८ नं.को ट्रकलाई शंका लागि जाँज गर्ने क्रममा चरेस फेला परेको थियो।
त्यस्तै धुलो चरेस तीन किलो बरामद भएको थियो। प्रहरीले चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको हो। उनीबाट प्रहरीले एक लाख १२ हजार नगद पनि बरामद गरेको छ।
प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।