ललितपुरको छम्पीमा एक जना महिला मृत फेला परेकी छन्।
गोदावरी नगरपालिका-९ छम्पीस्थित अमृत विष्टको गाई फर्ममा १८ वर्षीया महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
मकवानपुरगढी गाउँपालिका-१ घर भएकी २० वर्षीय पाल्साङ बमजनकी १८ वर्षीया श्रीमती सुशिला बम्जन मृत फेला परेकी हुन्।
एसपी जोशीका अनुसार उनी बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
छम्पीमा जग्गा भाडामा लिएर गाई पालन गर्दै आएको फर्ममा उनीहरू दुई जना पछिल्लो ११ दिनदेखि काम गर्दै आएका थिए।