धनुषाका कलाकार 'कलकतिया वाली' भन्ने अभिनाश झाकी श्रीमती मृत भेटिएकी छन्।
जनकपुरधाम उपमहानगरपालिका-१५ मा २१ वर्षीया अनिषा सदा (अन्सा) मृत भेटिएकी हुन्।
उनी सोमबार साँझ साढे ९ बजे झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी नरहरी रेग्मीले जानकारी दिए।
'उनको शरीरमा चोटपटक केही देखिएको छैन। तर पनि हामी अनुसन्धान गरिरहेका छौं,' एसपी रेग्मीले भने।
उनको शव मंगलबार बिहान पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ।
उनीहरूले गत माघ १४ गते विवाह गरेका थिए। कलकतियावाली सिरियलमा सँगै काम गर्दै आएका उनीहरूले अन्तरजातीय विवाह गरेका थिए।
अनिषा सामाजिक एवं आर्थिक रूपमा पिछडिएको मुसहर समुदायकी हुन् भने अभिनाश मधेसी ब्राह्मण समुदायका भएका एसपी रेग्मीले जानकारी दिए।