संखुवासभामा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
चैनपुर नगरपालिका-९ का ६२ वर्षीय दुर्गाबहादुर तामाङ २१ वर्षपछि पक्राउ परेका हुन्।
उनलाई चैनपुर संखुवासभाबाट खटिएको टोलीले चैनपुर नगरपालिका-९ को खाम्लिङ भन्ने ठाउँबाट शनिबार पक्राउ जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले जानकारी दिए।
२०६९ असार १७ गते धनकुटाको अदालतले कर्तव्य ज्यान मुद्दामा उनलाई २ वर्ष कैद सजाय ठहर गरेको थियो।
इन्स्पेक्टर लामिछाेनेका अनुसार दुर्गाबहादुरले २०६१ चैत १२ गते भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको थिए। हत्यापछि विभिन्न ठाउँमा लुकेर बसिरहेका थिए।
त्यतिबेलादेखि नै फरार रहेको उनलाई २१ वर्षपछि पक्राउ गरिएको
'केही दिनदेखि गाउँमा लुकीछिपी बसेको भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरेका हौं,' इन्स्पेक्टर लामिछानेले भने।
उनलाई कैद भुक्तानका लागि आइतबार कारागार कार्यालय खाँदबारी पठाइएको उनले बताए।