कञ्चनपुरस्थित महकाली नदी नजिकै नेपाली सेनाका सिपाही चढेको गाडी पल्टिँदा ४ जना घाइते भएका छन्।
शुक्रबार बिहानै महाकाली नदीमामा तटबन्ध निर्माण कार्यमा जाने क्रममा गाडी पल्टिएको हो।
गाडी पल्टिँदा ४ जना घाइते भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ।
'तीन जना जवान डिस्चार्ज भइसक्नुभएको छ। अर्का एक जनाको अवस्था पनि सामान्य छ,' उनले भने।
नेपाली सेनाले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा पर्ने महाकाली नदीको छेउमा थुपारिएका फोहोर हटाएर तटबन्ध निर्माण गर्ने काम भइरहेको छ। केही सातादेखि त्यहाँ काम भइरहेको छ।