नेपाल आर्ट काउन्सिल बबरमहलमा मंगलबारदेखि 'द बड्स-२०२५' प्रदर्शनी सुरू भएको छ।
प्रदर्शनीले सृजना स्कुल अफ फाइन आर्ट्सका कक्षा १२ का विद्यार्थीहरूको सिर्जनशीलता र कलात्मक परिपक्वतालाई उजागर गरेको छ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा युवा कलाकारहरूको चित्रकला, मूर्तिकला, डिजाइन र विभिन्न माध्यमका कलाकृति प्रदर्शनमा राखिएका छन्।
सृजना स्कुल अफ फाइन आर्ट्सका प्राचार्य डा. बालकृष्ण रञ्जितले विद्यार्थीहरूको कलात्मक यात्रा र प्रगतिको प्रशंसा गरे।
उनले भने, ‘यो प्रदर्शनी विद्यार्थीहरूको सिर्जनशील चेतना र कलाप्रतिको समर्पणको प्रतीक हो। यहाँ देखिएका कृति केवल शैक्षिक अभ्यास होइनन्, ती उनीहरूको पहिचान निर्माणको प्रक्रिया हुन्।’
प्रदर्शनीमा सन्देशमूलक पोस्टरहरू, क्ले मूर्तिकला, वाटर कलर पेन्टिङ, पिकासोबाट प्रभावित क्युबिस्ट चित्र र मिश्रित मिडियाका कृतिहरू मुख्य आकर्षण बनेका छन्।
२०२२ सालमा स्थापना भएको सृजना फाइन आर्ट्स सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा छ।
यो संस्थाले विद्यार्थीहरूलाई आधारभूत कला शिक्षा दिने उद्देश्य राखेको छ।
हरेक वर्ष आयोजना गरिने यो प्रदर्शनीले विद्यार्थीहरूको सीप र सिर्जनात्मक यात्रालाई सार्थक रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएको छ।
प्रदर्शनी यही असार ७ गतेसम्म चल्नेछ।
तस्बिरहरू:
-1750232413.jpg)
-1750232412.jpg)
-1750232412.jpg)
-1750232413.jpg)
-1750232408.jpg)
-1750232408.jpg)
-1750232410.jpg)
-1750232410.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी