स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया सुरु गरेको छ।
बुधबार सार्वजनिक सूचना प्रकाशन गरेर मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिका लागि आवेदन आह्वान गरेको हो।
मन्त्रालयले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई सात दिनभित्र आवेदन दिन भनेको छ।
