सुक्खा पहिरो खसेर अवरूद्ध भएको नारायणघाट- मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ।
मध्याह्न १२ बजेतिर तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेपछि करिब साढे चार घण्टा राजमार्ग अवरूद्ध भएको थियो।
पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए।
तुइन खोलामा नयाँ पुल निर्माण गर्ने क्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको थियो।